चर्तिक कलाकार जोन चाम्लिङ राई ब्याण्डसहित कावासोती आउँदै

कावासोती । आगामी जेठ १५ गते नवलपुरको कावासोतीमा समर फिस्ट नामक सांगितिक कार्यक्रम हुने भएको छ । टि टाउन इभेन्ट्सले गर्न लागेको कार्यक्रम टुबोर्ग मैदानमा दिउँसो तीन देखि राती १० बजेसम्म हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा युवाहरुबीच चर्चिक कलाकार जोन चाम्लिङ राईका साथै परिवर्तन ब्याण्ड, द हाइवे ब्याण्ड, ब्रोहुड ब्याण्डका कलाकार र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकका तर्फबाट पवन भुर्तेलले जानकारी दिए ।

कार्यक्रम अवलोकनका लागि भिआइपी तर्फ एक हजार र साधारण तर्फ पाँच सय रुपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा झण्डै चारदेखि पाँच हजार दर्शकको सहभागिता रहने र १८ लाख रुपैयाँ खर्च हुने आयोजकको भनाइ छ ।