कावासोती । समयमै वर्षा नहुँदा पूर्वी नवलपरासीमा २० प्रतिशत मात्र रोपाइँ भएको छ ।
भूमिगत सिँचाइको प्रबन्ध भएका किसानले मात्र धान रोपेका छन् । शुक्रबार रातिदेखि वर्षा भएकाले अब किसानले धमाधम धान रोप्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
लामो समयसम्म परेको खडेरीको कारण किसानले समयमा नै बीउ राख्न नपाएको र रोपाइँ पनि समयमा नै गर्न नपाउँदा असार १५ सम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले जानकारी दिए ।
अघिल्लो वर्ष असार १५ सम्म यस जिल्लामा ४० प्रतिशत रोपाइँ भएको थियो । जिल्लामा १८ हजार ६ सय २८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ