‘नयाँ पुस्ता जागरुक भए मात्र तिजको मौलिकता जोगाउन सकिन्छ’

कावासोती/ गण्डकी प्रदेश सभा सदस्य एवं राप्रपा संसदीय दलका प्रमुख सचेतक बिन्दु पौडेलले तिज पर्वको मौलिकता र परम्परा जोगाउन नयाँ पुस्ता जागरुक हुनुपर्ने बताएकी छिन् ।

शुक्रबार कावासोतीमा सायरा मिडिया एन्ड इभेण्ट्स प्रालिद्वारा आयोजित तिज पर्वः मौलिकता, सस्कृती, बिकृती र प्रवृत्ति विषयक अन्तरक्रियामा बोल्दै सांसद पौडेलले नयाँ पुस्तालाई तिजको महत्व बुझाउन सके मात्र यसको मौलिकता र परम्परालाई जोगाउन सकिने बताइन् ।

‘युवा साथिहरुलाई हामीले तिजको धार्मिक, एतिहासिक र पारम्परिक महत्वका बारेमा बुझाउन आबश्यक छ, त्यति गरे मात्र यसको गरिमा जोगाउन सकिन्छ, सांसद पौडेलले भनिन् ।

पछिल्लो समयमा तिजको नाममा बिकृती भित्रिएको भन्दै उनले चिन्ता ब्यक्त गरिन् । ‘तिज मान्ने नाममा जे बिकृत काम भएका छन्, त्यसले हाम्रो समाजलाई दुषित बनाएको छ, उनले भनिन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य ओमकला गौतमले कतिपय अवस्थामा हाम्रो आफ्नै कारणले पनि बिकृती भित्रन सहयोग पुगेको भन्दै त्यस तर्फ सचेत हुनुपर्ने बताइन् । तिजमा बिकृती आएका छन्, यसलाई रोक्न पर्छ तर परम्परासँगै आएका कुसंस्कारलाई भने त्याग्दै जानू पर्छ, गौतमले भनिन् ।

कार्यक्रममा त्रीवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले अन्तरक्रियाको बिषयबस्तु माथि प्रकाश पारेका थिए । भुसालले तिजको मौलिकता र सस्कृती संरक्षणमा जोड दिनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुली, सिदार्थ आवासीय माध्यामिक विद्यालयका प्राचार्य भोजराज दाहाल, प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष दुर्गा बिष्ट लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम सायरा मिडिया एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीको अध्यक्षतामा भएको हो ।