जितिया पर्वको पूर्वसन्ध्यामा जे जेखियो… (फोटो/भिडियो)

कावासोती, असोज २ गते । नेपाली हिन्दु महिलाले तिजलाई जति महत्व दिन्छन्, थारु महिलाले पनि जितियालाई त्यत्ति नै महत्व दिन्छन् । यो पटकको जितिया पर्व असोज ९ गते परेको छ । तर जितियाको चहलपहल भने एक हप्ता अघिदेखि नै सुरु भइसकेको छ ।

यहि महत्वलाई आत्मसात गर्दै नवलपुरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । थारु, कला, संस्कृतीको संरक्षण र सम्वर्धनमा जोड दिँदै नवलपुरमा विभिन्न कार्यक्रमहरु भइरहेका हुन् ।

हेर्नुहोस् भिडियो

थारु महिला सभा जिल्ला कार्यसमिति नवलपुरले मंगलबार थारु संग्राहलय डण्डामा १२औं जिल्ला स्तरीय झमता सांंस्कृतिक कार्यक्रम आयोजना गर्यो । प्रतियोगितामा ८० वटा टिमको सहभागिता रहेको थियो । त्यस्तै असोज ५ गते ईको टुरिजम युथ क्लवको आयोजनामा चौथो झमटा गीत तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

जितिया पर्वलाई थारु महिलले विशेष पर्वका रुपमा मनाउने गर्छन् । यो पर्वमा सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै थारु महिला ब्रत बस्ने गर्छन् । यसै पर्वको पूर्व सन्ध्यामा नवलपुर थारु समुदायको वाहुल्यता रहेको प्रदेशकै एक मात्र जिल्ला हो ।