झमटा प्रतियोगितामा ग्रामिण उपकरण आमा समूह र सेरगञ्ज आमा समूह प्रथम

नवलपुरमा चौथो ललपुर झमटा गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा इको टुरिजम युथ क्लव कावासोती १७ अमलटारीले आयोजना गरेको प्रतियोगितामा पौराणीक र आधुनिक गरि दुई विद्यामा झमटा प्रस्तुत गरिएको थियो ।

जस अन्तर्गत पौराणीक तर्फ ग्रामिण उपकरण आमा समुह कावासोती नगरपालिका १५ बरौली प्रथम भएको छन् भने, दोस्रो स्थानमा थारु महिला संजाल मध्यविन्दु नगरपालिका १ पतवारी र तृतिय स्थानमा डाफे मुनाल कावासोती १५ सहरस टोल रहेको छ । सहेली आमा समुह कावासोती ४ हसौराले सान्त्वना स्थान हासिल गरेको छ ।

यसैगरी आधुनिक तर्फ सेरगञ्ज आमा समुह कावासोती १५ सेरगञ्ज प्रथम, बालकुमारी महिला समुह कावासोती १३ कुसनहरी दोस्रो, नारायणी बाढी पिडित आमा समुह मध्यविन्दु ३ रतनपुर तेस्रो र नारायणी महिला मिलन समुह कावासोती १७ अमलटाडी र नवनिर्मित आमा समुह मध्यविन्दु ४ तणहुतले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

कार्यक्रममा पौराणिक र आधुनिक दुवै विद्यामा प्रथम हुनेले १०/१० हजार नगद र प्रमाणपत्र, दोस्रो हुनेलले ७/७ हजार र प्रमाणपत्र, तेस्रोले ५/५ हजार र प्रमाणपत्र र सान्त्वना टिमलाई  ३/३ हजार प्रदान गरिएको आयोजक इको टुरिजम युथ क्लव कावसाोतीकी अध्यक्ष बालकुमारी महत्तोले जानकारी दिइन् ।

कावासोती १७ अमलटाडीको मैदानमा भएको कार्यक्रममा आधुनिक तर्फ १६ वटा र पौराणीक तर्फ ५० समुहले झमटा प्रस्तुत गरेका थिए ।