नवलपुरमा तीन दिनसम्म मोतियाविन्दुका विरामीको निशुल्क शल्यक्रिया हुने

कावासोती, कात्तिक २० गते । नवलपुरमा आगामी कात्तिक २५, २६ र २७ गते मोतियाविन्दुको निशुल्क शल्यक्रिया शिविर हुने भएको छ । रोटरी क्लव अफ कावासोतीको आयोजनामा तिलगंगा आँखा अस्पतालका चिकित्सकद्धारा आँखा शिविरको आयोजना गरिएको हो ।

शिविरमा दर्ता, उपचार एवं परीक्षणको नाममा कुनै शुल्क नलिने तथा अप्रेशत पश्चात आवश्यक पर्ने परीक्षण, औषधी र चस्मासमेत निशुल्य उपलब्ध गराइने रोटरी क्लव अफ कावासोतीका अध्यक्ष केशवराज भट्टराईले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म चलाइएका शिविरबाट ११ सय जनाले उपचार एवं दृष्टिलाभ लिएको क्लवले जनाएको छ । अप्रेशन अपाङ्ग पुर्नस्थापना केन्द्र कावासोती ८ (जिल्ला प्रहरी कार्यालयको ठिक पछाडि) हुने बताइएको छ । अप्रेशन स्थलमा कात्तिक २३ गतेदेखि निशुल्क मोचियाविन्दुको परीक्षण पनि सञ्चालन हुने रोटरी क्लवले जनाएको छ ।