फिल्मी पत्रकार प्रकाश सुवेदीलाई मार्न दुई करोडको सुपारी ! को हो धम्की दिने ?

टेलिभिजन प्रस्तोता एवं फिल्मी पत्रकार प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की आएको छ । अपरिचित नम्बरबाट सुवेदीलाई केही दिनदेखि लगातार धम्की आइरहेको हो ।

लगातार धम्की आएपछि सुवेदीले नेपाल प्रहरीमा समेत यसबारे उजुरी दिएका छन् । सुवेदीले प्राइभेट नम्बरबाट ४–५ दिनदेखि धम्की आइरहेको र आफूलाई मार्न दुई करोड रुपैयाँ सुपारी लिएको बताए । धम्की दिनेले तेरो परिवार को–को कहाँ छ मलाई सबै थाहा छ भनेर भनेको पनि बताए ।

उनका अनुसार धम्की दिने एक पटक धम्की दिएपछि दुई दिनपछि फोन गर्छु भन्ने गरेका छन् । त्यसपछि दुई दिनपछि भनेकै समयमा अर्को पटक फोन आउने गरेको छ ।