पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो ।

उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी कारागारमा बिताउनुपर्ने छ ।