नारायणीमा डुबेर एक जना वेपत्ता

कावासोती, मंसिर १७ गते । नारायणी नदीमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकाेट २ थुम्सीमा नुहाउने क्रममा सोमबार दिउँसाे साढे ११ बजे तिर वेपत्ता भएका हुन् ।

दोलखा जिल्लाकाे शैलुङ गाउँपालिका -३ दुधपोखरी बस्ने १७ वर्षीय पेम्बा तामाङ (लामा) नुहाउने क्रममा डुबि बेपत्ता भएका हुन् । उनकाे खाेजी कार्यजारी रहेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।