नवलपुरमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

कावासोती, मंसिर २० गते । नवलपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार नवलपुरको गैँडाकोट नगरपालिका ४ ईट्टा भट्टीस्थित कालिगण्डकी करिडोर सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

ढोडेनिबाट गैँडाकोटतर्फ आउदै गरेको बा.प्र.०६–००१प ६२७३ नं.को बुलेट मोटरसाइकल चालकले नियन्त्रण गुमाइ दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल पछाडी सवार रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–७ बस्ने बर्ष ३५ वर्षीय पंकज ज्ञवालीको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यू भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक लम्जुङ जिल्लाको सुन्दरबजार बस्ने ३९ वर्षीय सुक बहादुर गुरुङ गम्भीर घाइते  भएको र उनको नयाँ मेडिकल कलेज, चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।