नवलपुर, पुस १७ गते । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन् । ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुर समेतलाई नदि किनारामा निर्दयतापुर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका ५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राज कुमार सारु मगर र सोही ठाउँका २८ वर्षीय अमन कुमार चिडी मगर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिए ।
अमनले राजकुमारले नारायणी नदीको छेउ ठांडीघाट स्थित ५ नं. ठोक्कर नदिको छेउमा पुस १३ गते कुकुर र कुकुरका बच्चा मार्दै गरेकोमा भिडियो बनाई आफ्नो सामाजिक संजाल फेसबुकबाट पोष्ट गरेका थिए । उक्त भिडियोपछि कुकुर मार्नेहरुको खोजी गरि तत्काल कारवाही गर्नु पर्ने आवाज चर्को गरी उठेको थियो ।
यसरी निर्मम तरिकाले कुकुर र कुकुरका बच्चा मार्नु र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राख्ने कार्य मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरको उलंघन देखिएको भन्दै सो कसुरमा संलग्न दुई जनालाई आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिए ।
उनीहरुलाई जिल्ला अदालत परासीबाट पशुपन्छी सम्बन्धी कसुरमा सात दिनको म्याद थपी इलाका प्रहरी कार्यालय बेलाटारीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसरी मा रिएको थियो कुकुर