चितवन, माघ २४ गते । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
लामिछानेले अदालतमा बयान गर्दा आफू निर्दोष रहेको दाबी गरेका थिए। गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेको र कम्पनीमा आफ्नो सेयर रहेको विषयलाई भने उनले स्वीकार गरेका थिए।
प्रबन्ध निर्देशकको हैसियतबाट चेकमा हस्ताक्षर गरेको र विभिन्न व्यक्ति तथा संस्थालाई दिएको, आफ्नो कार्यकालमा धेरै चेकहरू जारी भएको, ती चेक अध्यक्ष गीतेन्द्रबाबु राईको निर्देशन पालना गरी जारी गरेको बयान उनले दिएका थिए।