कावासोती, माघ २४ गते । नवलपुरको कावासोती १६ डण्डामा आज माघ २५ गतेदेखि हुने नवलपुर महोत्सव तयारी पुरा भएको आयोजकले जनाएको छ । नवलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको आठौं नवलपुर महोत्सव फागुन १० गतेसम्म चल्ने छ ।
महोत्सवको तयारी पुरा भएको बिहिबार महोत्सव स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । महोत्सवको संघीय सरकारका उद्योग, वाणिज्य तथ आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्क्रम छ ।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालका अनुसार महोत्सवमा स्टल निर्माण, बाल उद्यन निर्माण, प्रचारप्रसार तथा उद्घाटनको तयारी लगायतका तयारी सकिएको छ ।
२ सय ५० वटा स्टल रहने महोत्सवमा ८ वटा कृषि प्रर्दशनी समुहलाई नि.शुल्क स्टलको व्यवस्था, नि.शुल्क स्वास्थ्य स्वास्थ्य शिविर, निःशुल्क आँखा शिविर समेत व्यवस्था गरिएको अध्यक्ष अर्यालले बताए ।
महोत्सवमा फिस टनेल, सुनामी झुला, कृषि प्रदशनी, रत्यौली प्रतियोगिता, नृत्य प्रतियोगिता, आइफिल टावर, प्यागोडा शैलीबाट बनाइएका स्टलहरु मुख्य आर्कषणको रुपमा रहेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले बताए ।
नवलपुर जिल्ला भित्र रहेका विभिन्न जातजातिहरुको कला, भाषा, संस्कृति संरक्षण, संवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।
यो पटक धुलोरहित महोत्सव हुने र विगतका वर्षहरुभन्दा फरक हुने र यसले समग्र नवलपुरको आर्थिक तथा पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने आयोजकको दावी छ । महोत्सवलाई व्यवस्थित गर्न २३ वटा उपसमिति, सल्लाहकार समिति र अनुगमन समिति पनि बनाइएको महासचिव पोख्रेलले बताए ।
५ करोड रुपैयाँको कारोवार हुने लक्ष्य लिइएको उद्योग वाणिज्य संघले महोत्सवमा ७५ लाख आम्दानी गर्ने र २५ लाख बचत हुने अनुमान गरेको छ । ८० हजारले प्रत्यक्ष तथा करिब ५ लाखले महोत्सवको अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दाबी छ । महोत्सव कावासोती–१६ को अंकुर आर्दश सामुदायिक वन परिसरमा सञ्चालन हुने छ ।