भिरमौरीले टोकेर नवलपुरमा तीन जना घाइते

नवलपुर, चैत ४ गते । नवलपुरको बौदीकाली गाउँपालिका २ डेढगाँउमा भिरमौरीले टोकेर ३ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार खेतमा काम गर्ने क्रममा भिरमौरीले टोकी बौद्धिकाली २ डेढगाउ निवासी ६३ बर्षीया ओम माया राना, ४५ बर्षीया इनमाया राना र ६३ बर्षीय लाल बहादुर सारू घाइते भएका भएका हुन् ।

उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ ।