कावासोती, चैत २६ गते । नवलपुरको हुप्सेकोटमा खाद्य तथा गुणस्तर सचेतना सम्बन्धि कार्यक्रम गरिएको छ । मंगलवार हुप्सेकोट गाउँपालिकाको सभाहलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुले पालिकाका होटल व्यावसायीहरुलाई स्वच्छता, शुद्धता सम्बन्धि तालिम प्रदान गरेको हो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुका प्रमुख एवम् खाद्य अनुसनधान अधिकृत ज्योति आचार्यले सहभागिलाई खाद्य शुद्धता विषयमा प्रशिक्षण दिए । नवलपुर होटल व्यावसयी संघको सहकार्य रहेको कार्यक्रममा होटल व्यावसायीहरुले आफुहरुले खाद्य सुरक्षामा ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले खाद्य सुरक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको हुँदा होटल व्यावसायीहरुले सरसफाई र शुद्धतामा ध्यान दिनु पर्ने बताइन् । उनले पालिकाहरुले पनि होटलमा अनुगमन गरिरहेको बताइन् ।
साहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जिल्लामा रहेका होटल व्यावसायीहरुले होटलको सुद्धता र खाद्यान्नमा विशेष ध्यान दिन आग्रह गरे । यस्तै नवलपुर होटल व्यावसायी संघका अध्यक्ष सन्तोष रानाले जिल्लामा रहेका होटल व्यावसायीलाई शुद्धतामा ध्यान दिन विशेष आग्रह गरे ।
उनले जिल्लामा आउने आन्तरिक तथा वाह्य पर्यटकले नवलपुरका होटल नमुना रहेछन भन्ने सन्देश पठाउन सके दीर्घकालिन रुपमा फाइदा हुने बताए । कार्यक्रमको सहजिकरण खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुका प्राविधिक सहायक सन्तोष थापा मगरले गरेका थिए ।









