नवलपुर, बैशाख १२ गते । नवलपुरमा खानोपानी ट्याङ्की ढलान गर्ने क्रममा सोही ट्याङ्कीको ढुङ्गाको पर्खाल भत्किँदा चार जना मजदुर घाइते भएका छन् ।
देवचुली नगरपालिका–६ मुण्डेमा धरादी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको फिल्टर प्लान्ट ट्याङ्की ढलान गर्ने क्रममा ढुङ्गाको पर्खाल भत्किदा चार जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार मध्यविन्दु नगरपालिका–१४ का २४ वर्षीय नविन सिंजाली, सोही ठाउँका २८ वर्षीय कुमार परियार, २४ वर्षीय ज्ञानेन्द्र बयाम्बु र ५० वर्षका कृष्ण बहादुर बयाम्बु घाइते भएका हुन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









