कावासोती, बैशाख १५ गते । जनयुद्धका सहिद जित बहादुर थिङ (गुराँस) र दिपेश गुरुङको सम्झनामा नवलपुरका मुसहर बस्तीका बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा तथा सहिद परिवार सम्मान कार्यक्रम गरिएको छ । नेकपा माओवादी केन्द्र मध्यविन्दु–१२ को आयोजनामा आइतबार शैक्षिक सामग्री वितरण गरिएको हो ।
सहिद गुराँसकी जविनसंगिती तथा नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचाल (रितु) को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मध्यविनदु नगरपालिका१२ का ५० जना मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री (कापि, कलम र पेन्सिल) वितरण गरिएको माओवादीले जनाएको छ । राज्यले सहिदलाई उचित सम्मान नदिएको माओवादीको गुनासो छ ।











