इजरायलले गाजामा पुनः आक्रमण गरेको छ । गाजाको गाजाको खान युनिस क्षेत्रको एक अस्पतालमा इजरायलले हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणमा परी २८ जना मासिएका छन् भने अन्य थुप्रै घाइते भएका छन् ।
बीबीसीका अनुसार हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका प्रवक्ताले मानवीय क्षतिको जानकारी दिएका हुन् । इजरायली लडाकु विमानले एक साथ ६ वटा बम खसालेको बीबीसीले समाचार प्रकाशित गरेको छ ।
उता इजरायली सेनाले भने ’आतंकवादीहरूमाथि सटिक आक्रमण’ गरेको दावी गरेको छ । इजरायली सेनाले भनेको छ– कमाण्ड तथा कन्ट्रोल सेन्टरमा हमास आतंकवादीहरूमाथि सटिक आक्रमण गरेको छ । अस्पतालमुनि उक्त सेन्टर रहेको इजरायलको दावी छ ।
७ अक्टोबर सन् २०२३ मा युद्ध सुरु भएयता गाजामा ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।