नवलपुर, जेठ ११ गते । नारायणी नदीमा माछा मार्न गएका नवलपुरको गैडाकोट नगरपालिका ७ का ४० बर्षीय यमलाल दराईको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार राति दुई जना साथीसँग गैडाकोट ९ थुम्सीस्थित नारायणी नदीमा माछा मार्न जानु भएका दराईलाई नदीले बगाई वेपत्ता बनाएको थियो । उनको खोजी गर्ने क्रममा आइतबार विहान थुम्सी नजिकै नारायणी नदी किनारमा शव फेला परेको हो ।
दराईको शवको आवश्यक मुचुल्का तयार पारी पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । उनीसँगै माछा मार्न गएका अन्य साथीहरु भने सुरक्षित रहेका छन् ।









