काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पु¥याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।
उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको हो ।
आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।
प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐन बमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको जनाएका छन् ।
त्यो दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गरेका थिए । उपमेयर र वडाध्यक्षहरुसँग समेत उनको भनाभन भएको थियो ।