कावासोतीमा आजदेखि सात दिने फुटबल तालिम हुँदै

कावासोती, जेठ २७ गते । नवलपुरको कावासोतीमा आज मंगलबारदेखि सात दिने फुटबल तालिम हुँदैछ । नवलपुर फुटबल क्लव, मदन भण्डारी स्पोट्स क्लव र डायमण्ड युथ सोसाइटीको संयुक्त आयोजनामा तालिम हुन लागेको हो ।

सात दिने समर फुटबल क्लिनिक नाम दिईएको तालिममा दुई सय प्रशिक्षार्थी सहभागि हुने आयोजक संस्था मदन भण्डारी स्पोट्स एकेडेमीका जिल्ला सचिव तिर्सन घर्तीले जानकारी दिए ।

कावासोती-१२ को राज मन्दिर फुटबल मैदान र मध्यविन्दुको आरुङखोलामा आजदेखि सुरु हुने तालिम असार ३ गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीय फुटबल प्रतिभनलाई प्रबर्धन गर्न, युवा खेलाडिलाई आधुनिक फुटबल प्रशिक्षण प्रदान गर्न र खेलकुदको माध्मबाट समुदायमा सकारात्मक प्रभाव पार्नका लागि तालिम दिन लागिएको सचिव घर्तीले बताए ।

तालिममा ११ देखि १९ वर्ष उमेर समुहका युवा छनोछ गरिएको बताईएको छ । प्रशिक्षकको रुपमा इजिप्टका ईश्लाम कासीम, नेपाल सुपर लीगका प्रविन श्रेष्ठ, रमेश दंगाल र निशान शेष्ठ रहने आयोजकले जनाएको छ ।