नवलपुरमा गैँडाको आक्रमणबाट एकजना घाइते

नवलपुर, जेठ २९ गते । नवलपुरमा आज बिहान गैँडाले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ ।

मध्यविन्दु नगरपालिका-२ सेहरीको बाटोमा हिडिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय रेशमलाल महतोलाइ एक्कासी गैडाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार गैँडाको आक्रमणबाट महतोको दुबै खुट्टामा चोट लागेको छ । उहाँको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको नेपालले बताए ।