श्रीमानले चलाएको ट्याक्टर दुर्घटना हुँदा श्रीमतीको मृत्यु

नवलपुर, जेठ ३ गते । नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मध्यबिन्दु नगरपालिका-१५ सिमरास्थित भित्रि कच्चि सडकखण्ड अन्तर्गत गिरुबारी खोलामा ना ७ त २९६७ नम्बरको ट्याक्टर खोला तर्ने क्रममा दुर्घटना भएको हो ।

स्थानीय ४२ वर्षीय दोरन थारुले चलाएको ट्याक्टर खोलामा पल्टिदा उहाँकी श्रीमती ३६ वर्षीया यम कुमारी थनेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । दुर्घटनामा खन्य तीन जना घाइते भएका छन् ।