नवलपुरबाट सात जना फरार अभियुक्त पक्राउ

नवलपुर, असार २३ गते । नवलपुर प्रहरीले विभिन्न अपराधिक घटनाका संलग्न रही फरार रहेका ७ जना अभियुक्तलाई प्रक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार पक्राउ पर्नेहरुमा जबरजस्ती करणीदेखि सवारी ज्यान मुद्दासम्मका अभियोगमा दोषी ठहर भइ फरार रहेका व्यक्तिहरु हुन् । पक्राउ परेकाहरुलाई जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानका लागि जेल चलान गरिएको प्रहरी नायव उपरीक्षक नेपालले बताए ।

उनका अनुसार जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी कावासोती–३ का ५७ बर्षीय भगवत भट्टराई, लिखित बेइज्यती मुद्धाका फरार प्रतिवादी देवचुली–३ का ४२ बर्षीय सुदन पाठक, चौपाय चोरी मुद्धाका फरार प्रतिवादी देवचुली–५ का ३६ बर्षीय कृष्ण बहादुर नेपालीलाई पक्राउ गरी जेल चलान गरिएको छ ।

त्यस्तै सवारी ज्यान मुद्धाका फरार प्रतिवादी देवचुली–१७ निवासी ५१ बर्षीय भुपाल थापा मगर, सवारी ज्यान मुद्धाकै फरार प्रतिवादी बिनयी त्रिवेणी गाउँपालिका–७ निवासी २५ बर्षीय हिरा बहादुर गुरुङ, लागुऔषध मुद्दामा फरार प्रतिवादी देवचुली–२ का २२ बर्षीय बिशाल बि.क. र डाँका चोरी मुद्दाका फरार प्रतिवादी बिनयी त्रिवेणी–६ का २२ बर्षीय विक्रम गुरुङलाई पक्राउ गरि जेल चलान गरिएको नेपालले जानकारी दिए ।