कार र जीप ठोक्किँदा नवलपुरमा १० जना घाइते

नवलपुर, असार २४ गते । पूर्व पश्‍चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँ पालिका-१ गुम्बामा स्कर्पियो र बलेरो ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

दुम्किबासबाट अरुणखोला तर्फ जाँदै गरेको लु प्र.०१-००१ च ०९४८ नम्बरको स्कार्पियो र दलदलेबाट अरूणखोला तर्फ जाँदै गरेको बा.प्र.०३-००१ च १४७४ नम्बको पिक अप बलेरो एक आपसमा ठक्कर खादा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । स्कर्पीयोमा ९ र बोलेरोमा एक जनामात्र सवार थिए । दुबै गाडीमा सवार सबै १० जना घाइते भएका हुन् ।

दुर्घटनामा स्कार्पियो चालक बिनयी त्रिवेणी-२ का ३१ वर्षीय रेशम बहादुर शारु मगर, सोही ठाउँका १४ वर्षीया किरण फाल मगर , ३६ वर्षकी दानुमाया आले, ५५ वर्षीया सीता श्रेष्ठ घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए।

त्यसैगरी सोही ठाउँकै ४८ वर्षीय बिष्णु श्रेष्ठ, ८४ वर्षीया रुपामाया श्रेष्ठ, ५७ वर्षकी यनिसरा लामिछाने, ३६ वर्षका हरि बहादुर लामिछाने र ५२ वर्षीय कुल बहादुर कुमाल घाइते हुनु भएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।

घाइतेहरुको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको छ । बोलेरोमा चालक हुप्सेकोट गाउँपालिका-१ का ४५ वर्षीय ओमनारायण महतो मात्र रहेको प्रहरीको भनाइ छ । सामान्य घाईते उहाँलाई उपचार पश्‍चात इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको छ ।