नवलपुर, असोज ९ गते । नवलपुरको कावासोतीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती-८ ज्ञानोदय चोक नजिकै गएराति ४५ बर्षीय सूर्यप्रसाद पाण्डेले आफ्नै श्रीमती ४० बर्षीया संगीता पाण्डेको हत्या गरेका हुन् ।
श्रीमतीलाई चक्कु प्रहार गरी उनले प्रहरीकोमा आत्मसमर्पण गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
चक्कु प्रहारबाट घाइते भएकी पाण्डेलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पतालमा लगिएपनि चिकित्सकले मृत घोषणा गरेका नेपालले बताए ।
पाण्डेले श्रीमतीको पेटमा चक्कु प्रहार गरेका प्ररीको भनाइ छ । घटनास्थलमा चक्कुसमेत बरामद गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने पाण्डे अहिले प्रहरीको नियन्त्रणमा छन् ।
प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ । श्रीमान र श्रीमतीबीच घरायसी विवादका कारण झगडा हुँदा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरेको स्थानीयलाई उद्दत गर्दै प्रहरीले जनाएको छ









