नवलपुर, असोज १४ गते । नवलपुरमा मादक पदार्थ सेवन गरेर एक जनाको मृत्यु भएको छ । सोमबार राति अत्याधिक मादक पदार्थ सेवन गरी सुतेका हुप्सेकोट गाउँपालिका–३ पाटाचोकका ३६ वर्षीय करण बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
आफ्नै दिदी भिनाजु राजु बिकको घरमा बस्दै आएका बिकले सोमबार राति अत्याधिक मादक पदार्थ सेवन गरी सुतेको र बिहान पौने नौ बजे मृत फेला परेको परिवारलाई उदृत गर्दै नेपालले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा राखिएको र घटनाका बारेमा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









