नवलपुर, कात्तिक ७ गते । नवलपुरको गैँडाकोट नगरपालिका-४ धारापानीमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ ।
शुकबार दिउँसो साढे १२ बजेतिर ३३ वर्षीय नारायण कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
हतियार प्रहारबाट घाइते कुमाललाई उपचारका लागि गैडाकोट सामुदायिक अस्पतालमा सामन्य उपचार पश्चात थप उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएकोमा चिकित्सकले १:१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका नेपालले बताए ।
हत्या गर्ने व्यक्तिको पहिचान भने भएको छैन । फरार हत्याराको तिब्र रुपमा खोजि भईरहेको प्ररीले जनाएको छ









