गैंडाकोट, कात्तिक १० गते । नवलपुको गैंडाकोट-२ निवासी सुरेश सापकोटा र बिनु सापकोटाका १३ वर्षीय छोरा सुबिन सापकोटा बोन क्यान्सर (Bone Cancer) बाट पीडित भएका छन्। बालक सुबिनले हालसम्म भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।
चिकित्सकको सिफारिसअनुसार अब उनको थप उपचारका लागि भारत, नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पताल लैजानुपर्ने भएको छ। तर उपचार खर्च अत्यधिक हुने भएकाले सुबिनको परिवार आर्थिक कठिनाइमा परेको छ।
गैंडाकोटकै बालविकास इङ्लिस स्कुलमा कक्षा सातमा पढ्ने उनलाई बचाउनका लागि परिवारले देश-विदेशमा रहेका दयालु मनहरू, संघ-संस्थाहरू तथा सहयोगी नागरिकहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।
“सुबिनको उपचार अब भारतमा निरन्तर गर्नुपर्ने अवस्था आएको छ, जसका लागि ठूलो रकम आवश्यक छ। तपाईँको सानो सहयोगले पनि हाम्रो छोराको जीवनका लागि ठूलो आधार बन्न सक्छ,” सुबिनकी आमा बिनु सापकोटाले भनिन् ।
इच्छुक सहयोगीहरूले पीडित बालक सुबिन सापकोटाको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक (RBB) खाता वा बैंक क्युआर मा रकम जम्मा गर्न सक्नेछन्। क्युआर तथा बैंक विवरण हामीले यसै समाचारमा समावेश गरिएको छ । थप जानकारी वा प्रत्यक्ष सम्पर्कका लागि सुबिनकी आमालाई ९८६६३७९५४२ मा सम्पर्क गर्न सकिन्छ।
उनको खाताको विवरण A/C No.: 3350100004579010 Name: SUBIN SAPKOTA,Branch: Gaindakot Branch, Nawalparasi (Susta Purwa)









