गुल्मीको ह्वाङ्दिमा छोराले बुवाको हत्या गरेका छन् । मालिका गाउँपालिका– ३ ह्वाङ्दी मेहलेका ५० वर्षीय धनबहादुर विकलाई छोरा २५ वर्षीय छोरा टोपबहादुर विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार हसिया र मुग्रा प्रहारबाट बुवाको घटनास्थलमै मृत्यु भएको हो । कुटपिटबाट आमा ४८ वषीया धनमाया विक घाइते भएकी छिन् । उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा रेफर गरिएको छ । हत्यामा सम्लग्न छोरालाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको र शवको पोस्टमार्टम आइतबार गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए ।









