यी हुन् एमाले गण्डकीका महाधिवेशन प्रतिनिधि

लामो रस्साकस्सीपछि एमाले गण्डकीबाट प्रतिनिधि टुंग्याएको छ। कास्कीमा १ सय २२ जनाको उम्मेवारी परे पनि निर्वाचन क्षेत्र नम्बर १ बाट वैनबहादुर क्षेत्री, वेदबहादुर गुरुङ, दर्शन लामा, टीकाराम पँगेनी खुलातर्फबाट र नवराज ओझा युवाबाट प्रतिनिधि बनेका छन्। यीमध्ये वैनबहादुर एमाले कास्कीका अध्यक्ष हुन्। वेदबहादुर गण्डकीका सभासद, दर्शन एमाले कास्की सचिव र नवराज रुपा गाउँपालिका अध्यक्ष हुन्।

महिलातर्फबाट रक्षा भट्टराई र विजया सुवेदी प्रतिनिधि बनेका छन्। क्षेत्र नम्बर २ बाट तेजनारायण अधिकारी, रामप्रसाद खनाल र भेषराज बराल र रश्मी आचार्यको नाममा सहमति बनेको छ। युवामा विजय पौडेल र महिलामा हीरा गिरी र सिर्जना शर्मा प्रतिनिधिको रुपमा आएका छन्।

क्षेत्र नम्बर ३ बाट माधव बास्तोला, दीपक पौडेल, जगन्नाथ बास्तोला, लालबहादुर परियार, युवामा भरतमान गुरुङ र महिलामा गीता विश्वकर्मा र शोभा पहारीलाई प्रतिनिधि चयन गरिएको छ।

क्षेत्र नम्बर ३ का माधव यसअघि कास्की अध्यक्षमा पराजीत उम्मेदवार हुन् भने दीपक पौडेलको अघिल्लो चुनावमा अन्तिममा आएर मेयरको टिकट काटिएको थियो। जगन्नाथ चाहिँ यसअघिका गाउँपालिका अध्यक्ष हुन्। उत्पीडित क्लष्टरबाट दानबहादुर विक र प्रेम विक प्रतिधिनि बनेका छन्।

गोर्खामा भएको चुनावबाट क्षेत्र नम्बर १ को खुलातर्फ मोहन भट्टराई र विशाल थापा, युवामा प्रविण अधिकारी र महिलनामा मीना बराम चुनिएकी छन्। क्षेत्र नम्बर २ को खुलामा प्रेम गुरुङ, र बाबुराम थापा, युवामा सुमन श्रेष्ठ र महिलामा शान्ति चापागाईं निर्वाचित हुँदा उत्पीडितबाट कृष्ण नेपाली चयन भएका छन्।
त्यस्तै दलित निर्वाचन क्षेत्रबाट कृष्ण नेपाली निर्वाचित भएका छन्।

तनहुँ क्षेत्र नम्बर २ मा खुलातर्फ श्रीप्रसाद श्रेष्ठ र राजेश्वर ढकाल, महिलामा विर्सना श्रेष्ठ र विष्णुमाया पराजुली, युवामा उज्ज्वल खनाल चुनिएका छन्। क्षेत्र नम्बर १ मा चाहिँ चुनाव भएको थियो। तर, मतगणनाको क्रममा त्यहाँ दुई पक्षबीच हातहाल हुँदा गणना कार्य स्थगित भएको छ।

पर्वतबाट खुलातर्फ गोविन्द पहाडी, राजुप्रसाद पौडेल, पदमपाणि शर्मा, इश्वरीप्रसाद भुषाल, देवेन्द्रराज पाण्डे र शिव पौडेल प्रतिनिधिको रुपमा मनोनित बनेका छन्। युवामा विमल लामिछाने, महिलामा हीराकुमारी शर्मा, कमला पन्त, हेमकुमारी अधिकारी र यामकुमारी राना रहेका छन्। उत्पीडिततर्फ विष्णुराम बिक, निर्मल नेपाली र शर्मिला नेपालीलाई चयन गरिएको छ।

म्याग्दीबाट खुलातर्फ बालकृष्ण सुवेदी र हरिकृष्ण गौतम, युवामा प्रकाश पौडेल, दलितमा खरमाया बिटालु र महिलातर्फ थमसरा पुन र यसुदा रोका सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

नवलपुर क्षेत्र नम्बर १ मा भएको चुनावबाट मुक्तिराम पाण्डे, नरदेव न्यौपाने, भीमलाल कँडेल र रोशन गाहा मगर खुलाबाट निर्वाचित बनेका छन्। खुलामा १२ जनाले प्रतिस्पर्धा गरेका थिए। युवामा इञ्जिनियर दीपेन्द्र सुनारी र विद्रोही गिरीबीच प्रतिस्पर्धा हुँदा सुनारी विजयी बने। महिलामा ४ जना प्रतिस्पर्धी हुँदा कोपिला पौडेल र पार्वता तिवारी विजयी बने।

नवलपुर क्षेत्र नम्बर २ को निर्वाचनबाट बाबुराम पाण्डे, भिमलाल अधिकारी, भेषबहादुर अधिकारी, रोशन थापा, कृष्ण गैरे, फुलकुमारी थनेत र बालु पुरी विजयी बनेका छन्।

मुस्ताङमा सहमतिको प्रयास जारी रहेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिएका छन् भने लमजुङमा भएको चुनावको परिणाम यो समाचार तयार पार्दासम्म आइसकेको छैन।

एमालेको ११ औं महाधिवेशनको लागि प्रतिनिधि छान्न गण्डकीमा ३ जिल्लामा मात्र निर्वाचन भएको छ। नवलपुर, गोर्खा र लमजुङबाहेकका ८ जिल्लामा चाहिँ सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले गण्डकीले जनाएको छ। बागलुङमा सहमतिको नाममा क्षेत्र नम्बर १ बाट खुलामा हीराबहादुर खत्री, गणेश थापा र लालबहादुर थापा चयन भए। महिलातर्फ ममतादेवी शर्मा र सरस्वती खड्का परियार चयन हुँदा युवाबाट सिर्जना पन्त सर्वसम्मत भइन्।

क्षेत्र नम्बर २ बाट खुलामा भीमप्रसाद शेरचन ‘सुनिल’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दानबहादुर श्रीस सर्वसम्मत चयन भएका छन्। दलित क्लस्टरमा धनबहादुर परियार सर्वसम्मत बनेका छन्। ११ जना प्रतिनिधि चाहिनेमा ३९ जनाले मनोनयन दर्ता गराएका थिए।

स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं १ मा खुला तर्फ नारायण प्रसाद मरासिनी, सुधीरकुमार पौडेल, महेश पुरी र चुनप्रसाद शर्मा प्रतिनिधि बनेका छन्। महिलाबाट चिनमाया गुरुङ र तारा शर्मा तथा युवा प्रतिनिधिमा अमृत नेपाली चयन भएका छन्।

यस्तै, क्षेत्र नं २ मा खुलाबाट सूर्यप्रसाद गैह्रे ‘पारस’, रामचन्द्र भट्टराई र खिमबहादुर थापा चयन भएका छन्। महिलाबाट खगीसरा थापा, भीमा बराल थापा र ४० वर्षमुनिका युवाबाट विश्वनाथ अर्याल प्रतिनिधि बनेका छन्। दलित समुदायबाट मेघबहादुर सार्की र तिलकराम नेपाली चयन भएको नेकपा एमाले स्याङ्जाले जनाएको छ।

मनाङबाट खुलातर्फ कप्ली गुरुङ र चिनबहादुर घले तथा युवातर्फ मदन गुरुङ,दलिततर्फ शान्तामाया परियार, महिलातर्फ रत्नकुमिर गुरुङ प्रतिनिधि बनेका छन्। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय भएको छ