मध्यविन्दु क्याम्पसका विद्यार्थीले न्यून आय भएका ३० जना विद्यार्थीलाई वितरण गरे न्यानो कपडा

कावासोती, मंसिर २३ गते । कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पसमा बीएसडब्लु स्नातक तहमा अध्ययनरत विद्यार्थीले न्यून आय भएका ३० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

मध्यविन्दुका विद्यार्थीले कावसोति–१ मा रहेको जनकल्याण माविमा अध्ययनरत आर्थिक रुपले कमजोर र जेहेन्दार ३० जना विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट, ज्याकेट र टोपि) वितरण गरेका हुन् ।

‘सक्नेले नसक्नेलाई,, हुनेले नहुनेलाई सशक्तिकरण गरौं’ भन्ने मान्यताका साथ न्यानो कपडा वितरण गरेको मध्यविन्दुका विद्यार्थी मोहम्मद समिम खानले जानकारी दिए । केही स्वेच्छिक चन्दा उठाएर र केही रकम विद्यार्थी आफैले खर्च गरेर करिव ६० हजार रपैयाँ बराबरको न्यायो कपडा वितरण गरेको खानले बताए ।

उक्त कार्यक्रम कृतिका लम्सालको सभापतित्वमा गरिएको थियो । प्रमुख अतिथि क्याम्पसका प्रमुख गणेशमान गिरी, विद्यालयका प्रधानाध्यापक गिरिराज गिरी, जनकल्याण माविको शिक्षक अभिभावक सघका अध्यक्ष सृजना विकले शुभकामना मन्तव्य राखेका थिए । ममता पाठकले कार्यक्रम सचालन गरेकी थिइन् ।