एनपीएलको उपाधिका लागि रोहित र दीपेन्द्रको टिम भिड्ने

विराटनगर किंग्सलाई ४० रनले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाईनलमा प्रवेश गरेको छ ।

गत वर्ष लिगको पुछारमा रहेको लुम्बिनी यसपटक फाईनल पुगेको हो । अब लुम्बिनीले उपाधिका लागि शनिवार सुदूरपश्चिमसँग खेल्नेछ ।

कीर्तिपुरमा टस हारेर पहिले  ब्याटिङ गरी  १ सय ३४ रन बनाएको लुम्बिनीले विराटनगरलाई ९४ रनमा अलआउट गर्दै फाइनल प्रवेश गर्याो ।

कीर्तिपुरमा टस हारेर पहिले  ब्याटिङ गरी  १ सय ३४ रन बनाएको लुम्बिनीले विराटनगरलाई ९४ रनमा अलआउट गर्यो । विराटनगरका लागि शाम हेजलेटले सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१, मर्चेन्ट डी लांगेले १७ रन बनाए । तीन जनाले खातानै खोलेनन भने अरुले दोहोरो अंकको रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि तिलक भण्डारीले तीन, जेजे स्मित, रुबेल टम्पलमेन र अभिषेश गौतमले समान २ तथा शेर मल्लले एक विकेट लिए । पहिलो ओभरदेखिनै विकेट गुमाउन शुरु गरेको विराटनगर कुनैपनि बेला सम्हालिएर खेल्न सकेन् ।

कीर्तिपुरमा टस हारेर पहिले   ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । उसका लागि डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए ।

यस्तै कप्तान रोहित पौडेलले ३४, निरोशन डिकबेलाले २९ रन जोडे । रुबेल टम्पलमेनले नटआउट ११ रन बनाए । अरुले सम्झन लायक खेलेनन् ।

सन्दीप जोरा र जेजे स्मितले खातानै खोल्न सकेनन् । ओपनर दिनेश अधिकारी टिमको स्कोर ८ रन हुँदा आउट भएपछि डार्सी शर्ट र रोहित पौडेलले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै टिमलाई सम्हाले ।

एक समय लुम्बिनी १४ ओभर ५ बलमा ९७( ४ को अवस्थामा रहेको लुम्बिनीले त्यसपछि लगातार विकेट गुमाउँदै गयो र रन बनाउन सकेन । उसले बाँकी ३१ बलमा ३७ रन मात्रै जोड्न सक्यो ।
विराटनगरका लागि सुवास भण्डारी र प्रतीश जीसीले समान ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।