नेपालीभाषी इंडियन आईडल प्रशान्त तामाङको निधन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै बताएका छन् ।

उनी भारतीय मूलका नेपालीभाषी गायक हुन् । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।

उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै  स्वर पनि दिएका छन् । उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । त्यही उनको निधन भएको हो ।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।