निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेसको नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।
आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने र आईतवार अदालत जाने निर्णय गरेको हो ।
बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
निर्वाचन आयोगको निर्णयलाई देउवा पक्षले लोकतन्त्रलाई दुर्घटनामा पार्ने षडयन्त्रको अंश भनेको छ ।









