मनोनयनकै दिन कांग्रेस आधिकारिकता विवादको सुनुवाइ हुने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं । नेपाली कांग्रेस भित्रको आधिकारिकताको विवाद प्रतिनिधिसभा चुनावको मनोनयनकै दिन सर्वोच्च अदालत सुनुवाइ हुने भएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतले ६ माघको लागि पेसी तोकेको हो । सोही दिन २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको चुनावको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । तर कांग्रेसले रिटमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन स्थगित हुनुपर्ने माग गरेको छ ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि सो निर्णय उल्ट्याउन माग गर्दै देउवा समूहले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको हो ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा दर्ता रिट दर्ता गरिएको छ । निर्वाचन आयोगले मनोनयको काम अघि बढाइसक्दा सर्वोच्चमा रिटमाथि प्रारम्भिक बहस हुनेछ ।