काठमाडौँ महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। उनि प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँच भिड्न झापा क्षेत्र नम्बर ५ जाने भएपछि राजीनामा दिएका हुन् ।
स्थनीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। आजैका मितिबाट लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको बालेनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु,’ राजीनामा पत्रमा भनेका छन्।
मेयरको रुपमा आफूले नगर र नगरवासीको हितमा काम गरेको उल्लेख गर्दै आगामी दिनमा सफल नेतृत्वका लागि उपमेयर डंगोललाई शुभकामना पनि दिएका छन्। उनले भनको छन्, ‘अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै तपाई तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’
राजीनामा दिएका बालेन शाह रास्वपा केन्द्रीय कार्यालय पुगेका छन्। एकता सहमतिपछि रास्वापको वरिष्ठ नेता बनेका उनी पहिलो पटक रास्वपा कार्यालय पुगेका हुन्।










