काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख र उपसभामुख एक आपसमा भिड्ने भएका छन् । प्रतिनिधि सभाको आगामी निर्वाचनमा उनीहरु एउटै क्षेत्रमा उम्मेदवार भएका हुन् ।
नेकपा एमालेको सचिवालय बैठकले झापा क्षेत्र नम्बर २ मा सभामुख देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनले २०७० को निर्वाचन पनि सोही क्षेत्रबाट जितेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले उपसभामुख इन्दिरा रानालाई पनि झापा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७९ को निर्वाचनमा उनी समानुपातिक सांसद थिइन्









