शशांकले जितेको क्षेत्रमा रास्वपाबाट राजनले पाए टिकट

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता शशांक कोइरालाले जितेको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजन गौतमले टिकट पाएका छन् ।

आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गौतमले नवलपुर-१ बाट रास्वपाको टिकट पाएका हुन् ।

२०७९ मा भएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता कोइराला निर्वाचित भएका थिए । उक्त निर्वाचन पनि रास्वपाबाट गौतम नै उम्मेदवार थिए ।

शशांकले २७ हजार ६७ मत पाउँदा गौतमले २४ हजार ३ सय ५ मत पाएका थिए । यसपटक कांग्रेसबाट उक्त क्षेत्रमा को उठ्ने भन्ने टुंगिएको छैन ।