नवलपुर, माघ ५ गते । नवलपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट २६ वर्षीय जेनजी युवा मनिस खनालले टिकट पाएका छन् ।
मध्यबिन्दु नगरपालिका निवासी खनाललाई बालेन टिमको सिफारिसमा उम्मेदवार बनाइएको हो । कानुनमा स्नातक गरेका खनाल जेन्जी आन्दोलनका अगुवा मध्येका हुन् ।
यहाँवाट उम्मेदवारको दावी गरेका दोमन भण्डारी र डा पुष्पमणि खराललाई पन्छाउदै रास्वपाले खनाललाई प्रतिनिधि सभामा उम्मेदवार बनाउन टिकट दिइएको हो । यहाँ नेकपा एमालेले तिलम महत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गणेशमान महतोलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट भागिरथ सापकोटा, नेकपाबाट लोकप्रसाद भुर्तेल र रास्वपाबाट राजन गौतम उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले भने अहिलेसम्म दुबै क्षेत्रमा उम्मेदवार तय गर्न सकेको छैन ।









