कांग्रेसमै फर्किए नवलपुरका सुवेदी र श्रेष्ठ

नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका कांग्रेस नवलपुरका नेताहरु पुन: कांग्रेसमै फर्किएका छ्न । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय करुणा सागर सुवेदी र ललित श्रेष्ठ केही समयअघि रास्वपामा आबद्ध भएका थिए ।

सुवेदी र श्रेष्ठ सहित कलाधर पौडेल र डेमप्रसाद पौडेल पुन: कांग्रेसमा नै फर्किएका पार्टीले जनाएको छ । सुवेदी रास्वपाको केन्द्रिय सहकारी विभाग सदस्य र श्रेष्ठ केन्द्रीय श्रम विभागको उप प्रमुखको जिम्मेवारीमा थिए ।

कांग्रेस फर्किएका नेताहरुलाई गैँडाकोटस्थित वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा पार्टी उपसभापति विश्वप्रकाश शर्माले स्वागत गरेका थिए । अनुभवी नेताहरू पुनः पार्टीको मूल धारमा फर्किएकोमा कांग्रेसजनमा उत्साह देखिएको छ ।