नवलपुर, माघ २७ गते । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले नवलपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार गणेशमान महतोलाई समर्थन गर्ने भएको छ । नाउपा र महतोबीच यस्तो सहमति भएको हो ।
नाउपाले नवलपुर–२ मा आफ्नो उम्मेदवार नभएकाले महतोलाई समर्थन गर्ने निर्णय गरेको पार्टी अध्यक्ष बुद्धिराम थनेत र सचिव खनस राम महतोले निकालेको विज्ञप्तीमा उल्लेख छ । प्रत्यक्षमा नेकपाका महतोलाई तारा चुनाव चिन्हमा भोट हाले पनि समानुपातिकामा भने आफ्नै पार्टीको चुनाव चिन्ह चकिया (जाँतो)मा भोट हाल्न नाउपाले आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई अपिल गरेको छ ।
गणेशमान महतो थरुहट आन्दोलनको नेतृत्वकर्ता भएकाले उनलाई मतदान गरी जिताउन पनि नाउपाले आग्रह गरेको छ । थारुहरुको बाहुल्यता रहेको नवलपुर–२ मा यो सहमतिसँग नेकपा उत्साहित बनेको छ ।
यस्तो छ सहमति









