सुर्खेत । रास्वपा कर्णाली प्रदेशका महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेका दर्जनौंलाई खादा मालाले स्वागत गरे ।
कर्णाली प्रदेशमा पहिलेदेखिनै कमजोर रहेको रास्वपालाई प्रदेशकै महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापति काँग्रेस प्रवेश गरेपछि ठूलो क्षति पुगेको छ ।
रास्वपाले कर्णालीमा संगठन विस्तारका लागि चन्द्रा विकलाई सुरुवातमै जिम्मेवारी दिएर पठाएको थियो, जसले जिल्ला(जिल्लामा पुगेर कमिटीहरू गठन गरेकी थिइन्।
पछिल्लो समय पार्टी सभापति रवि लामिछानेमाथि लागेका विभिन्न आरोप र पार्टीको आन्तरिक लोकतन्त्रमा देखिएको विचलनलाई लिएर कर्णालीका नेताहरू असन्तुष्ट रहँदै आएका थिए।








