वीरगञ्जमा धार्मिक द्वन्द्व फैलाएर निर्वाचन भाँड्न खोज्ने तीन जनालाई नेपाली सेनाले बन्दोबस्तीका सामानसहित पक्राउ गरेको छ । ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जनालाई पक्राउ परेका हुन् ।
यो समूहले वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित मस्जिदमा सुंगुरको टाउको फाल्ने, पटाका प्रयोग गरी आतंकित बनाउने योजना बनाएको खुलेको छ ।
सेनाले वीरगंज–१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र इनरुवाकै १६ वर्षीय अवजित यादवलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई पर्सा प्रहरीमा बुझाएको छ ।
उनीहरुका साथबाट ठूलोमात्रामा सुतली बम, मोबाइल, पावर बैंक, चार्जर, सेतो रंगको तार, सुँगुरको टाउको बरामद भएको छ । सेनाले उनीहरुलाई प्रहरी समक्ष बुझाएको छ ।









