नवलपुर, फागुन २२ गते । नवलपुरका दुबै निरणवाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ । क्षेत्र नम्बर १ मा रास्वपाका राजन गौतमले २ हजार ६७ मतसहित अग्रता लिएका हुन् ।
नेपाली काँग्रेसका बालकृष्ण घिरमरेले ६ सय २० मत प्राप्त गरेका छन् । नेकपा एमालेका भागिरथ सापकोटाले एक सय ५४ र नेकपाका लोकप्रसाद भु्तर्तेलले ४७ मत पाएका छन् ।
यहाँ नेपाली कांग्रेसका डा शशांक कोईरालाले चार पटक चुनाव जितेका थिए । यहाँ ५२ हजार ९५ मत खसेको थियो ।
त्यस्तै क्षेत्र नम्बर २ मा रास्वपाका मनिष खनालले अग्रता लिएका छन् । ताजा अवस्थामा उनले १ हजार ३ सय ९६ मत प्राप्त गरेका छन् । यहाँ एमालेका तिलक महतले १३ सय ३३ र कांग्रेसका ओम बहादुर घर्तीले ११ सय १४ मत पाएका छन् । यहाँ ५१ हजार ६४३ मत खसेको थियो ।









