नवलपुर–२ मा पछि पर्यो रास्वपा, १ मा अग्रता फराकिलो बन्दै

नवलपुर, फागुन २२ गते । नवलपुरका दुबै निर्वाचन क्षेत्रमा सुरुवाती अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर २ मा पछि परेको छ । रास्वपाका मनिष खनाललाई नेकपा एमालेका तिलक महतले पछि पारेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार महतले एक हजार नौ सय ४५ मत प्राप्त गर्दा रास्वपाका खनालले एक हजार सात सय ३० मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका ओम बहादुर घर्तीले एक हजार पाँच सय ८१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

तर क्षेत्र नम्बर १ मा भने रास्वपाका राजन गौतमले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार गौतमले ६ हजार १०७ मत प्राप्त गरी अग्र स्थानमा छन् ।

त्यस्तै कांग्रेसका बालकृष्ण घिमिरेले एक हजार ८३५ र एमालेका भागिरथ सापकोटाले पाँच सय ८४ मत प्राप्त गरेका छन् । । नवलपुरको क्षेत्र नम्बर १ मा ५२ हजार ९५ मत र २ मा ५१ हजार ६४३ मत खसेको थियो ।