नवलपुर, फागुन २२ गते । नवलपुर २ मा केही समय अग्रता कायम गरेका नेकपा एमालेका तिलक महत तेस्रो स्थानमा झरेका छन् । उनलाई कांग्रेसका ओम बहादुर घर्तीले पनिपछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनालले दुई हजार नौं सय ४२ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका घर्तीले दुई हजार ३२२ तथा एमालेका महतले २ हजार २९६ मत प्राप्त गरेका छन् ।









