नवलपुर, चैत ११ गते । नवलपुरमा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका–६ टाँडीस्थित भित्री सडक खण्डमा चोरमाराबाट हर्दियातर्फ जाँदै गरेको ग.प्र.०४–००१ ह ०५२६ नम्बरको अटोले बाटो क्रस गर्ने क्रममा पैदल यात्री सोही ठाउँका ७५ वर्षीय दुर्गा प्रसाद पाठकलाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ ।
अटोको ठक्करबाट घाइते भएका पाठकको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए । अटो चालक ५७ वर्षीय जुद्ध बहादुर गुरङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।









