ओली, लेखक र खापुङ्गलाई १० वर्षसम्म जेल सजायँको सिफारिस, अरु को-को परे ?

काठमाडौं । भदौ २३ र २४ का घटना  छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गलाई ३ बर्षदेखि १० बर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको सिफारिस गरेको पाइएको छ ।

‘जनआस्था साप्ताहिक’ले गोप्य स्रोतबाट प्राप्त गरी सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ ।  प्रतिवेदन सरकारले बुझेपनि सार्वजनिक गरेको छैन, तर नयाँ प्रधानमन्त्रीको शपथ हुनु दुई दिन अघि ‘जनआस्था’ले प्रतिवेदन सार्वजनिक गरेको छ । कार्वाहीका निम्ति मुलुकी अपराध सँहिता,०७४ को दफा १८१ र १८२ प्रयोग गरिएको छ । जसमा लापरबाही र हेलचेक्र्याई गरी कसैको ज्यान लिन नहुने ब्यहोरा उल्लेख छ ।

सिफारिसमा भनिएको छ–कार्यकारी प्रमुख तत्कालीन प्रधानमन्त्री श्री केपी शर्मा ओली,तत्कालीन गृहमन्त्री श्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक श्री चन्द्रकुबेर खापुङ सहित उहाँहरु तीन जनालाई मुलुकी अपराध संहिता,२०७४ को दफा १८१ को उपदफा (१) र सोही संहिता, २०७४ को दफा १८२ अनुसार कसूर हेरेर अनुसन्धान, तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिेश गरी पठाउने निर्णय गरियो । ‘

उक्त दफामा ‘कसैले लापरवाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन’ भन्ने व्यवस्था छ । त्यसरी ज्यान जाने काम गरेमा तीनदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

अरु को-को परे ?

प्रहरी अधिकारीहरू

सिद्धिविक्रम शाह– प्रहरी अतिरिक्त महानिरीक्षक, कार्य विभाग प्रमुख

ओमबहादुर राना- प्रहरी नायव महानिरीक्षक, तत्कालीन कार्यवाहक प्रमुख, रानीपोखरी

विश्व अधिकारी- प्रहरी वरिष्ठ उपरीक्षक, तत्कालीन प्रमुख, काठमाडौँ प्रहरी परिसर।

दीपशमशेर जबरा- प्रहरी वरिष्ठ उपरीक्षक, रानीपोखरी

ऋषिराम कँडेल- प्रहरी उपरीक्षक, विशेष कार्यदल

दानबहादुर कार्की- प्रहरी अतिरिक्त महानिरीक्षक

सशस्त्र प्रहरी बलका अधिकारीहरू

नारायणदत्त पौडेल- अतिरिक्त महानिरीक्षक, तत्कालीन अपरेसन कमाण्डर

सुरेश कुमार श्रेष्ठ- प्रहरी नायव महानिरीक्षक, वाहिनीपति

जीवन केसी- प्रहरी उपरीक्षक, विपद उद्धार

राष्ट्रिय अनुसन्धान विभाग 

कृष्णप्रसाद खनाल- सह–निर्देशक, उपत्यका अभियान महाशाखा

रिबेनकुमार गच्छदार- सह-अनुसन्धान निर्देशक, काठमाडौँ जिल्ला प्रमुख

नेपाली सेनाका अधिकारी

मनोज बैदवार- सहायक रथी, राष्ट्रपति भवन, सुरक्षा टोली प्रमुख

दिवाकर खड्का- प्रमुख सेनानी, प्रधानमन्त्री निवास, सुरक्षा टोली प्रमुख

गणेश खड्का- प्रमुख सेनानी, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख

सन्तोष ढुङ्गेल- सेनानी, संसद् भवन र बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख

अन्य समूह

टीओबी ग्रुप- भीडलाई उक्साउने र शान्ति भङ्ग गर्ने कार्यमा संलग्न भएका मोटरसाइकलमा आएका व्यक्तिहरू।