नवलपुर, चैत १३ गते । बाघले आक्रमण गरी नवलपुरमा एक जनालाई घाइते बनाएको छ । बाघले मध्यविन्दु नगरपालिका–१४ दम्फाघेरा बस्ने ३९ वर्षीया पुनिसरा दर्लामीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै घरबाट तीन सय मिटर पूर्वतर्फ रहेको खरवारीमा बाख्रा चराउन गएको बेला अचानाक बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
आक्रमणबाट उनको अनुहार र बायाँ हातमा चोट लागेको पण्डितले जानकारी दिए । दर्लामीको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।









